यौन सम्बन्धि चिजको रोजाइ मा समस्या हरु (Abnormalities in the choice of sexual objects):-

यौन उत्तेजना र सन्तुष्टि को लागि रोजिने यस्ता कुरा हरु निर्जिब बस्तु हरु जस्तैः पोशाक , जुत्ता वा सजिब जस्तै:- जनावर, बालबालिका , निर्जिब शरीर हुन सक्छन। यसरी प्रयोग गरिने बस्तु का हिसाब ले यस्ता समस्याका विभिन्न नाम हरु छन। 

 FETISHISM:- यौन उत्तेजना र तृप्तिका लागी, लुगा, जुत्ता, कपाल र खुट्टा वा औला जस्ता शरीरको कुनै भाग अनिवार्य रुपले चाहिने यो समस्या प्राय: किशोरावस्था मा शुरु हुन्छ र पुरुष मा प्रायः देखिन्छ। 

 TRANSVESTISM:- यौन उत्तेजना र तृप्तिका लागि बिपरित लिङ्गी को पोशाक लगाउने यो समस्या बाल्यकाल मा शुरु हुन्छ। पुरुषलाई प्रायः हुन्छ र पछि अधिकान्स सामान्य वैवाहिक जीवन बिताउछ्न । यसमा ब्यक्ति ले बिपरित लिङ्गी को कुनै खास पोशाक वा पुरै पहिरन लगाएर हस्थमैथुन गर्नपुग्छ। यसमा ब्यक्ती आफू पुरुस थान्छ र यौन उत्तेजना र तृप्तिका लागि मात्र यसरी फरक लुगा लगाउने हुन। 

 PAEDOPHILIA:- बालबालिका तथा बयस्क अबस्था भन्दा पहिलेको अबस्थाका ब्यक्तीबाट मात्र यौन उत्तेजना र तृप्ती महसुस हुने यो समस्याग्रस्त ब्यक्ती प्रायः अधबैसे पुरुष वा वृद्ध हुने गर्छ। पीडित बालक वा बालिका जो पनि हुनसक्छ। यो समस्या पनि किशोरावस्था मा शुरु हुने गर्छ। यसमा सुम्सुम्याउने, म्वाई खाने, मैथुनदेखि लिएर बलपुर्बक संभोग सम्म हुनसक्छ। 

 BESTIALITY( ZOOPHILIA) :- यसमा पशु वा जनावर सङ्गको यौन क्रियाकलापबाट ब्यक्ति यौन उत्तेजना र तृप्ती अनुभव गर्ने गर्छ।

 NECROPHILIA:- बिरलै मात्र देखिने यस्तो समस्या मा ब्यक्ति लाई निर्जीव शरीर वा अङ्ग बाट यौन उत्तेजना अनुभव हुने र त्यस्ता ब्यक्ति ले त्यसको वरिपरि हस्तमैथुन गर्ने गर्छ।

Comments