Seasonal Hyperacute Pan-Uveitis (SHAPU)



Seasonal Hyperacute Pan-Uveitis (SHAPU)
यो SHAPU शब्द अहिले सोसियल मिडियामा एकदमै चर्चामा छ।


यो तल फोटोमा देखाइएको सेतो खालको पुतली (Moth) को पुच्छर तिर हुने सेतो रौ आखाको सम्पर्कमा आयो भने हुने रोग हो।
यो रोगको केसहरु प्राय १००० देखि ३००० सम्मको उचाईमा रहेका ठाउँ रहेका पुर्बी देखि पश्चिमि नेपालमा बढी आउने गरेका छन किन कि यो मोथ त्यो ठाउको वातावरणमा बढी पाइने गर्दछ।
बर्षा समय सकिन लाग्दा यस्को समस्या अलि बढि देखिने पुराना घटनाहरुले देखाएका छन। यो मोथले केटा केटि तथा युवामा बढि असर गर्ने कुरा पनि अगाडि आएको छ। यसको बारेमा अझै खोज हुन जरुरि छ र अनुसन्धानको क्रम जारी नै छ।
लक्षणहरु
१. एक्कासि आँखा रातो हुनु र चिलाउनु
२. उज्यालोमा हेर्न नसक्नु
३. आखाको दुखाइ सामान्य भन्दा बढी हुनु
४. आखाको बाहिर कुनामा पिप देखिनु
५. आँखा हेर्न नसक्नु
६. यदि समयमा उपचार नभएमा कालो नानी सेतो देखिनु।

रोकथाम
१. फोटोमा देखाइएको जस्तो पुतलीको सम्पर्कबाट टाढै बस्ने
२. धेरै उज्यालो बत्ती नवाल्ने
३. साझमा झ्याल ढोका थुन्ने, झ्यालहरुमा जाली लगाउने र राती सुत्दा बत्ती निभाएर सुत्ने
४. राती घरबाहिर अनावश्यक रुपमा बत्ती बालेर नछोड्ने
५. जनचेतना जगाउने र यो कुरा आफ्नो सन्तानलाई सिकाउने

यदि पुतलीको सम्पर्कमा आइहालेमा के गर्ने?
१. सकेसम्म पुतलिलाइ हातले नछुने
२. आखामा धुलो परिसकेको छ भने सफा पानीले आँखा पखाल्ने
३. Antibiotic औषधि थोपा थोपा १/१ घण्टाको फरकमा हाल्ने
४. नजिकैको आँखा अस्पताल गइहाल्ने।

Comments

Popular posts from this blog

Greenstick Fracture of Clavicle

Covid 19 or SARS-COV2 Management at home