यौन सम्बन्धि क्रियाकलाप सम्बन्धि समस्या (Abnormalities in sexual act):-

 कतिपय व्यक्तिका यौन उत्तेजना र तृप्ति का लागि रोजिने क्रियाकलापको तरिका सामाजिक रुपले अमान्य र विकृत हुनसक्छ।

EXHIBITIONISM:- अरुले देख्ला भन्ने भय वा कुनै होशियारी र शरम बिना अप्रत्याशित रुपमा अन्जान व्यक्तिलाई गुप्ताङ्ग प्रदर्शन गरेर यौन उत्तेजना र तृप्ति अनुभब गर्ने हरुले अरुलाई आश्चर्य, लाजमर्दो र अप्ठेरोमा पारिदिन्छन । यस्ता व्यक्तिलाई यस्तो गर्न अति हुतहुति बढ्ने र यसरि प्रदर्शन गरि सकेपछि सनचॊ वा आनन्द अनुभब हुनेगर्छ । प्रदर्शन गरिसकेपछि कतिपय व्यक्तिले हस्थमैथुन गर्ने गर्छन ।

VOYEURISM :- यसमा अरुको यौन क्रियाकलाप वा बिपरित लिङ्गी व्यक्तिका यौन अंगहरु गोप्य रुपले हेरेर वा चियाएर यौन उत्तेजना र तृप्ति अनुभब गर्ने समस्या हुन्छ। अरुले थाहा पाउलान भन्ने बिसय मा यी व्यक्ति हरु सतर्क हुनछन र आबस्यक साबधानी अपनाउछन। यसरि हेरिसकेपछि तृप्त हुने गर्छन।

SADISM AND MASOCHISM :- यी दुइको जोडीमद्धे एक (SADIST ) ले यौन उत्तेजना र तृप्तिको लागि अर्को लाइ चिमोट्ने, पिट्ने, तोक्ने वा अन्य तरिकाले यातना दिने गर्छन भने दोस्रो (MOSACHIST ) ले यसरि यातनाबाट यौन तृप्ति अनुभब गर्दछ।

FROTTEURISM:- यस यौन बिक्रितिग्रस्त व्यक्तिले यौन उत्तेजना र तृप्तिको लागि हुलमुलमा अन्जान महिलाका विभिन्न अंगहरुमा सुम्सुम्याउने वा घर्सन गर्ने गर्दछ। यस्ता यौन बिकृतिबाट पुरुस बढी पिडित देखिन्छन। उनीहरुलाई यस्ता क्रियाकलापमा संलग्न हुने एक प्रकारको आवेग अनुभब हुन्छ। यस्तो क्रियाकलापमा सहभागी नहुने भन्दाभन्दै पनि यस्तो आबेगलाइ बसमा राख्न कठिन हुन जान्छ। यस्ता अधिकांस व्यक्तिलाई आफ्नो क्रियाकलापप्रति ग्लानि र पछुतो हुन्छ।

Comments