युरिक एसिड (Gout and Hyperuricemia ):-

रगतमा आबस्यकता भन्दा बढी युरिक एसिड भएको स्तिथिलाइ GOUT तथा HYPERURICEMIA भनिन्छ | यसको लक्ष्यण हरु बिशेस गरि ठुला जोर्नीहरू, बुढी औला , घुडा, गोलिगठा , हात तथा नाडी जोर्नीहरू दुख्ने, सुन्निने तथा राकिने हुञ्छ | 







साधारंतया युरिक एसिड रगतमा घुलिसकेसी मृगौलाबाट पिसाबमा फ्याकिने गर्दछ | कहिलेकहिँ हाम्रो शरीर ले युरिक एसिड बढी उत्पादन गर्दा या कम निस्कासन गर्दा युरिक एसिड जोर्नीहरू या तन्तुहरुको वरिपरि जम्मा हुन थाल्दछ र लक्ष्यण हरु देखापर्दछ | लामो समय सम्म युरिक एसिड बढी भैरहेमा शरीरका विभिन्न जोर्नी हरु दुख्नु , सुन्निनु को साथै मृगौलामा पत्थर बन्न सक्दछ | मृगौला को कार्य क्ष्यामता कमभै RENAL FAILURE पनि हुनसक्दछ | साथै युरिक एसिड कै कारण अन्य जटिलता हरु (COMPLICATION) जस्तै उच्च रक्तचाप तथा मुटुका अन्य रोगहरु हुनसक्दछ | 

कारणहरु :- शरीरमा युरिक एसिड बढी बन्नाले र मृगौलाको युरिक एसिड फ्याक्ने क्ष्यमतामा कमि आउनाले उपचार :-  खानामा परहेज र औसधि 

खानामा ध्यान राख्नुपर्ने कुराहरु :- 

- आबस्यक ओजन कायम राख्ने :- मोटोपनको कारणले रगतमा युरिक एसडी बढ्ने भएकोले शारीरिकआबश्यकता अनुसार  मात्र खाना  खाने तर उपबास बसेर वा अन्य कुनै उपायले छिटो तौल घटाउदा युरिक एसिड  अझ बढ्न सक्ने भएकोले बिस्तारै वजन  घटाउनुपर्दछ| 

- प्युरिन बढी भएका खानेकुराहरु नखाने वा घटाउने जस्तै रक्सि , रातो फलमासु , माछा हरु , भित्रि मासु हरु कलेजो, गिदी आदि 

- खानामा प्रोटिन को मात्रामा कम गर्ने : प्रोटिन बढी भएका खानेकुराहरु खानाले शरीरमा छिटो युरिक एसिड बन्ने भएका ले प्रोटिनयुक्त खाना कम गर्ने | 

- बढी चिल्लो नखाने |

- बढी चिल्लो भएको खाना खानाले ओजन बढाउनु को साथै पिसाबबाट युरिक एसिड फ्याक्ने काम मा बाधा पुग्ने भएकाले चिल्लो कम गर्ने | 

- मादक पदार्थ सेवन नगर्ने :- यसको सेवनले रगतमा युरिक एसिड बढाउनुका साथै पिसाब बाट यसलाई फ्याक्न गारो पर्छ | तसथा मादक पदार्थ सेवन नगर्ने वा एकदम थोरै मात्रामा मात्र लिने |

- प्रशस्त मात्रामा पानि वा झोल पदार्थ पिउने :- यदि शरीर सुन्निने वा शरीरमा पानि जम्मा हुने समस्या नभएमा दुइ लिटर भन्दा बढी पिसाब हुने हिसाबले प्रशस्त पानि वा अन्य झोल पदार्थ पिउने गर्नु पर्दछ | यसले युरिक एसिडलाइ पातलो बनाउन साथै पिसाब बाट निस्कासन गर्न मद्दत गर्दछ | 

- प्रत्येक दिन खाइने सन्तुलित भोजनलाइ दिनमा ३ देखि ४ पटक थोरै थोरै खाने गर्नुपर्दछ | 

- दैनिक भोजन मा प्रशस्त मात्रामा सागसब्जीहरु समाबेश गर्ने |

- नियमित ब्यायाम गर्ने | 


बन्द गर्नुपर्ने खानेकुराहरु (प्युरिन बढी भएका खानेकुराहरु ) 

# सबै प्रकारका भित्र्यान्शहरु (ORGAN MEAT ) जस्तै कलेजो , मृगौला , मुटु , गिदी आदि |

# मासुको सुप तथा लेदो हरु |

# Sardine , Scallop जातका शिपी माछा तथा हेरिंग जातका सानो माछा |


थोरै मात्रामा लिनसकिने खानेकुराहरु 

- सागसब्जिहरु :- काउली , कुरिलो , च्याउ, पालुंगो, हरियो सिमि 

- दाल गेडागुडी हरु

- ओटामिल 

- थोरै मात्रामा कुनै पनि प्रकारका मासुहरू 

- माछाहरु (माथि उल्लेखित माछा बाहेक )

- शिपी जातका माछाहरु : गंगटो, लोब्स्टर, oyster 


इच्छाअनुसार खानसक्ने कुराहरु : 

- विभिन्न किसिमका अनाजहरु 

- दुध तथा दुधबाट बनेका उत्पादनहरु 

- अण्डा 

- सागसब्जिहरु (माथि उल्लेख गरिएका सब्जिहरु बाहेक )

- फलफुल तथा फलफुल का रसहरु 

- चिनी तथा मिठाइहरु 

- चिया, कफी आदि 


नोट:- माथि उल्लेखित खाध सामाग्रीहरु आबस्यक ओजन कायम गर्नको लागि आफुलाई चाहिने परिमाणमा मात्र सेवन गर्नु पर्दछ | 



 

Comments

Popular posts from this blog

Greenstick Fracture of Clavicle

Seasonal Hyperacute Pan-Uveitis (SHAPU)

Covid 19 or SARS-COV2 Management at home