युरिक एसिड (Gout and Hyperuricemia ):-
रगतमा आबस्यकता भन्दा बढी युरिक एसिड भएको स्तिथिलाइ GOUT तथा HYPERURICEMIA भनिन्छ | यसको लक्ष्यण हरु बिशेस गरि ठुला जोर्नीहरू, बुढी औला , घुडा, गोलिगठा , हात तथा नाडी जोर्नीहरू दुख्ने, सुन्निने तथा राकिने हुञ्छ | साधारंतया युरिक एसिड रगतमा घुलिसकेसी मृगौलाबाट पिसाबमा फ्याकिने गर्दछ | कहिलेकहिँ हाम्रो शरीर ले युरिक एसिड बढी उत्पादन गर्दा या कम निस्कासन गर्दा युरिक एसिड जोर्नीहरू या तन्तुहरुको वरिपरि जम्मा हुन थाल्दछ र लक्ष्यण हरु देखापर्दछ | लामो समय सम्म युरिक एसिड बढी भैरहेमा शरीरका विभिन्न जोर्नी हरु दुख्नु , सुन्निनु को साथै मृगौलामा पत्थर बन्न सक्दछ | मृगौला को कार्य क्ष्यामता कमभै RENAL FAILURE पनि हुनसक्दछ | साथै युरिक एसिड कै कारण अन्य जटिलता हरु (COMPLICATION) जस्तै उच्च रक्तचाप तथा मुटुका अन्य रोगहरु हुनसक्दछ | कारणहरु :- शरीरमा युरिक एसिड बढी बन्नाले र मृगौलाको युरिक एसिड फ्याक्ने क्ष्यमतामा कमि आउनाले उपचार :- खानामा परहेज र औसधि खानामा ध्यान राख्नुपर्ने कुराहरु :- - आबस्यक ओजन कायम राख्ने :- मोटोपनको कारणले रगतमा युरिक एसडी बढ्ने भएकोले शारीरिकआब...